
काठमाडौं । युनाईटेड ट्रेडर्स सिन्डिकेट प्रालि (अधिकृत वितरक, टोयोटा) ले १९औँ टोयोटा ड्रिम कार आर्ट कन्टेष्टका विजेताहरूको घोषणा गरेको छ । काठमाडौंमा आयोजित एक विशेष समारोहमा उत्कृष्ट कलाकृतिहरू प्रस्तुत गर्ने बालबालिकाहरूलाई सम्मान गरिएको थियो ।
यस वर्षको प्रतियोगिता देशभरका विभिन्न विद्यालयहरूबाट उत्साहजनक सहभागितासहित सम्पन्न भएको हो । प्रतियोगिताले बालबालिकाहरूलाई “भविष्यको गतिशीलता” विषयमा आफ्ना सिर्जनात्मक सोच र कल्पनालाई चित्रमार्फत अभिव्यक्त गर्ने अवसर प्रदान गरेको थियो ।
प्रतियोगितामा उमेर समूहअनुसार विजेताहरू निम्नानुसार रहेका छन्ः
७ वर्ष मुनि प्रथमः प्रेक्षा शर्मा – ग्यालेक्सी पब्लिक स्कुल दोस्रोः अन्नोरा शाक्य आवाले – स्टुडियो १८ तेस्रो देवांश गोयल – राई स्कुल ८–११ वर्षः प्रथमः आराध्या कनौजे – ग्यालेक्सी पब्लिक स्कुल दोस्रोः स्रिजा प्रजापति –राई स्कुल तेस्रोः एज़्यान खान मलिक – राई स्कुल १२–१५ वर्षः प्रथमः निसा लुनिया – राई स्कुल दोस्रोः आर्यव जोशी – कास्थमाण्डप विद्यालय तेस्रोः अनुवा यादव
हरेक उमेर समूहका प्रथम स्थान हासिल गर्ने विजेताहरूका उत्कृष्ट कलाकृतिहरू अन्तर्राष्ट्रिय स्तरमा जापानमा आयोजना हुने विश्व प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछन् ।
टोयोटा ड्रिम कार आर्ट कन्टेष्टले विश्वभरका बालबालिकाहरूलाई भविष्यको सवारी साधन कस्तो हुन सक्छ भन्ने आफ्ना कल्पनाहरूलाई चित्रमार्फत प्रस्तुत गर्न प्रेरित गर्दै आएको छ ।










प्रतिक्रिया