
काठमाडौं । इन्फिनिटी नेपालले राष्ट्रिय क्रिकेटका चर्चित खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो ब्रान्ड एम्बेसडरको रूपमा औपचारिक रूपमा घोषणा गरेको छ । यसले ब्रान्डको नेपाली युवाहरू र प्रदर्शनप्रेमी दर्शकसँगको सम्बन्धलाई अझ मजबुत बनाउने महत्वपूर्ण कदमको रूपमा लिइएको छ ।
निर्भीक खेल शैली र अन्तर्राष्ट्रिय स्तरमा कीर्तिमानी प्रदर्शनका लागि परिचित दिपेन्द्र सिंह ऐरी महत्वाकांक्षा, गति र नयाँ पुस्ताको प्रदर्शनको प्रतीक हुन्—यी सबै गुणहरू इन्फिनिटीको आजको पुस्ताका लागि शक्तिशाली र स्टाइलिश स्मार्टफोन उपलब्ध गराउने दृष्टिकोणसँग मेल खान्छन् ।
यो सहकार्य त्यस्तो महत्वपूर्ण समयमा आएको हो, जब इन्फिनिटीले आफ्नो बहुप्रतिक्षित नोट ६० सिरिज सार्वजनिक गर्ने तयारी गरिरहेको छ। यो सिरिजले आफ्नो सेग्मेन्टमा प्रदर्शन, डिजाइन र प्रयोगकर्ता अनुभवलाई नयाँ स्तरमा पुर्याउने लक्ष्य राखेको छ ।
यस साझेदारीबारे बोल्दै इन्फिनिटी नेपालका कन्ट्री म्यानेजर पियुष गिरीले भने, “दिपेन्द्र सिंह ऐरीले आत्मविश्वास, उत्कृष्ट प्रदर्शन र निरन्तरताको नयाँ युग प्रतिनिधित्व गर्छन्। उहाँको यात्रा इन्फिनिटीले विश्वास गर्ने मूल्यमान्यतासँग पूर्ण रूपमा मेल खान्छ—सीमाना तोड्दै अपेक्षाभन्दा बढी दिने । नेपालमा हाम्रो ब्रान्डको नेतृत्व उहाँबाट गराउन पाउँदा हामी उत्साहित छौं ।”
आफ्नो उत्साह व्यक्त गर्दै दिपेन्द्र सिंह ऐरीले भने, “म इन्फिनिटीसँग जोडिन पाउँदा गर्व महसुस गर्छु । यो ब्रान्ड युवाहरूसँग गहिरो रूपमा जोडिएको छ र निरन्तर नयाँपन ल्याइरहन्छ। यस यात्रामा सँगै अघि बढ्न पाउँदा म उत्साहित छु ।”
यस सहकार्य अन्तर्गत, दिपेन्द्र सिंह ऐरी नेपालभर इन्फिनिटीका विभिन्न क्याम्पेनहरूको अनुहार बन्नेछन् । डिजिटल, रिटेल तथा ग्राउन्ड एक्टिभेसनहरूमा उहाँको सक्रिय भूमिका रहनेछ ।
आगामी नोट ६० सिरिजको लन्चबाट सुरु गर्दै, उहाँले इन्फिनिटीका उत्पादन र ब्रान्ड पहिचानलाई प्रतिनिधित्व गर्ने मुख्य भूमिका निर्वाह गर्नेछन् ।
यस रणनीतिक कदममार्फत क्ष्लाष्लष्ह ले नेपालमा आफ्नो उपस्थितिलाई अझ बलियो बनाउने र प्रदर्शन, स्टाइल र भरपर्दोपन खोज्ने युवापुस्तासँगको सम्बन्धलाई अझ गहिरो बनाउने लक्ष्य राखेको छ ।










प्रतिक्रिया