
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा ७ हजार ८०० र चाँदी रु ११५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला २ लाख ९४ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य ४ हजार ८९५ रुपैयाँ कायम भएको छ ।
हिजो बिहीबार एक तोला सुन ३ लाख २हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य ५ हजार १० रुपैयाँ कायम भएको थियो ।
गत बुधबार छापावाल सुनको मोल प्रतितोला ३ लाख ७ हजार ७०० र त्यति नै परिमाणको चाँदीको मूल्य ५ हजार १५० रुपैयाँ कायम भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ७०० र त्यति नै परिमाणको चाँदी ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।










प्रतिक्रिया