
काठमाडौं । काठमाडौं विमानस्थलबाट खोटाङका लागि उडेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार ९एन-एएफक्यु कलसाइन रहेको उक्त हेलिकप्टर खोटाङको वालवेशीमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो ।
आज बिहान ११:०९ बजे काठमाडौंबाट ५ जना यात्रु र १ जना पाइलट गरी ६ जना लिएर उडेको उक्त हेलिकप्टर वालवेशीमा अवतरणका क्रममा सन्तुलन गुमाएर जमिनमा पल्टेको थियो ।
सो दुर्घटनामा परी १ जना यात्रु घाइते भएका छन् । दुर्घटनालगत्तै उद्धार कार्य सुरु गरिएको थियो । घाइते यात्रु र पाइलटलाई हेलिकप्टरमार्फत उद्धार गरी थप उपचारका लागि काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा ल्याइएको छ । उनीहरूलाई दिउँसो १२:४२ बजे अस्पताल पुर्याइएको प्राधिकरणले जनाएको छ।







प्रतिक्रिया