खोटाङमा एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना, जमिनमा यसरी बजारियो (भिडियो)


विराटनगर । खोटाङमा हेलिकप्टर अवतरणका क्रममा दुर्घटना भएको छ भने हेलिकप्टर पल्टिएको छ । काठमाडौंबाट ५ जना गएको हेलिकप्टर अवतरणका क्रममा दुर्घटनमामा परेको हो ।

खोटाङको केपिलासगढी गाउँपालिका–२ मा हेलिकप्टर दुर्घटनामा परेको र हेलिमा पाँच जना यात्रु र एक क्याप्टेनसहित छ जना रहेको एयर डाइनेष्टिले जानकारी दिएको छ ।

हेलि दुर्घटनामा एक जना घाइते भएका छन भने अरु ५ जना सकुशल रहेको एयर डाइनेष्टिका वरिष्ठ प्रवन्धक वालकृष्ण पण्डितले जानकारी दिए ।

खोटाङको खार्तम्छा बालाबेंसी क्षेत्रमा ल्यान्ड गर्ने क्रममा दुर्घटना भएको छ ।

स्थानीयबासीले हेलिकप्टर ल्याण्ड गरिसकेपछि अर्को ठाँउमा सार्न फेरि उड्न लाग्दा दुर्घटना भएको बताएका छन् । एयर डाइनेस्टीको नाइन एनएएफक्यू कल साइनको उक्त हेलिकप्टर दुर्घटनामा परेको भएपनि मानवीय क्षति नभएको उल्लेख छ ।

हेलिकप्टरमा क्याप्टेनसहित ६ जना सवार थिए ।

हेलिकप्टर बारीको पाटामा बनाइएको हेलिप्याडमै अवतरण गर्दै थियो । तर उक्त हेली अवतरण भइनसक्दै अनियन्त्रित हुँदै माथिल्लो पाटामा पुगेर पल्टिएको भिडियोमा देखिएको छ ।

घटनाबारे थप विवरण आउँदै छ ।