सुनको भाउ बढ्यो, कति पुग्यो ?


काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउ सामान्य बढ्दा चाँदी घटेको छ ।

आज सुन प्रतितोला १ सय रुपैयाँ बढेको हो ।

आइतबार प्रतितोला ३ लाख ९ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज ३ लाख ९ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै चाँदीको भाउ आज तोलामा ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार २७० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार २६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।