
काठमाडौं । प्रतिनिधि र प्रदेश सभाको चुनाव सकिएसँगै बजारमा अण्डाको मूल्य ओरालो लागेको छ ।
नेपाल लेयर्स कुखुरापालक संघले आजदेखि लागु हुने गरी अण्डाको नयाँ समर्थन बिक्री मूल्य निर्धारण गरेको हो, जसअनुसार प्रति क्रेट मूल्यमा ४० रुपैयाँसम्म कमी आएको छ ।
संघका अनुसार अब एक्स एल अण्डाको मूल्य प्रति क्रेट ४५५ रुपैयाँ कायम गरिएको छ, जुन यसअघि ४९५ रुपैयाँ थियो । त्यसैगरी, ठूलो अण्डाको मूल्य ४७५ बाट घटेर ४४० रुपैयाँ र मध्यम (मिडियम) अण्डाको मूल्य ४४५ बाट घटेर ४१० रुपैयाँ पुगेको छ। ठूलो र मध्यम अण्डामा प्रति क्रेट ३५ रुपैयाँले मूल्य घटाइएको हो।
चुनावको समयमा माग उच्च हुँदा मूल्य बढेको भए पनि हाल खपतमा कमी आएकाले मूल्य घटाउनु परेको संघले जनाएको छ। हाल नेपालमा दैनिक ५० लाख गोटाभन्दा बढी अण्डा उत्पादन भइरहेको छ। काठमाडौँ, पोखरा, धनगढी, झापा लगायतका प्रमुख सहरहरूको बजार अवस्थालाई हेरेर यो नयाँ मूल्य तोकिएको हो।







प्रतिक्रिया