सम्पूर्ण अपडेट

आईपीओको तयारीमा रहेको प्रिमियर डिस्टिलरीले एकै वर्ष गर्‍यो १ अर्ब ३२ करोडको व्यापार

133
Shares

काठमाडौं । प्राथमिक सेयर निष्काशन (आईपीओ) ल्याउने तयारीमा रहेको प्रिमियर डिस्टिलरीले एकै वर्ष १ अर्ब ३२ करोड २० लाख रुपैयाँको कारोबार गरेको छ ।

कम्पनीले गत आर्थिक वर्षमा हालसम्मकै बढीको व्यापार गरेको हो।

सन् २०२४ मा १ अर्ब २८ करोड ६० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०२३ मा १ अर्ब १६ करोड ८० लाख रुपैयाँ र सन् २०२२ मा ९३ करोड ९० लाख रुपैयाँको कारोबार गरेको थियो ।

कम्पनीले गत आवमा उच्च परिमाणमा मदिरा बिक्री हुँदा व्यापार बढेको उल्लेख गरेको छ । कम्पनीअनुसार गत आवमा कम्पनीले ३.६९ प्रतिशत खुद नाफा कमाएको छ । कम्पनीले सन् २०२४ मा ३.५५ प्रतिशत खुद नाफा कमाएको थियो ।

सन् २०१२ मा स्थापना भएको कम्पनी सन् २०२३ मा पब्लिक कम्पनीको रुपमा परिणत गरेको थियो । कम्पनीले भोड्का, ह्वीस्की, रम, जीन आदि मदिराजन्य पदार्थ उत्पादन गर्दै आएको छ । कम्पनीले पलपल, द हिमालय रिजर्भ, ओल्ड मंक, ब्ल्याक स्ट्यालियन र रोयल रिजर्भ गरी पाँच वटा ब्रान्डमा विभिन्न प्रकारका मदिरा बिक्री वितरण गर्दै आएको छ ।

शारडा ग्रुप र राठी ग्रुपको संयुक्त लगानी रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ७८ करोड ३३ लाख रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीले दीर्घकालीन कर्जाका लागि ९ करोड ३३ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ६९ करोड रुपैयाँको रेटिङ गराएको हो ।