सम्पूर्ण अपडेट

रौतहट–३ मा रास्वपाका रविन्द्र पटेल विजयी, प्रभु साह तेस्रो स्थानमा खुम्चिए

77
Shares

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मधेश प्रदेशको रौतहट जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रविन्द्र पटेल भारी मतान्तरका साथ विजयी भएका छन् । अन्तिम मतपरिणाम अनुसार, पटेल २७ हजार ३ सय १८ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।

उनले आफ्ना निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा) का गोविन्द चौधरीलाई १५ हजार ३ सय ६४ मतान्तरले पराजित गरे । चौधरीले ११ हजार ९ सय ५४ मत मात्र प्राप्त गरे ।

यस निर्वाचनमा आम जनता पार्टीका अध्यक्ष एवं त्यस क्षेत्रका प्रभावशाली नेता प्रभु साह भने तेस्रो स्थानमा सीमित भएका छन् । उनले ९ हजार ८ सय ९० मत पाएका छन् ।

त्यस्तै, नेकपा एमालेका उम्मेदवार कुन्दनप्रसाद कुशवाहा ६ हजार ६ सय ५ मतका साथ चौथो स्थानमा रहेका छन् ।