सम्पूर्ण अपडेट

झापा–४ मा रास्वपाका ढकाल विजयी

84
Shares

झापा । प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शम्भुप्रसाद ढकाल विजयी भएका छन् ।

उनले ४३ हजार ६३१ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का लालप्रसाद साँवा लिम्बूले ११ हजार ९१६ मत प्राप्त गरे ।

यहाँ नेपाली कांग्रेसका देउकुमार थेवेले नौ हजार ४३४, श्रम संस्कृति पार्टीकी अमृतादेवी राईले सात हजार १६१, राष्ट्रिय प्रजातन्त्र पार्टीका भक्तिप्रसाद सिटौलाले दुई हजार ८० मत प्राप्त गरेका थिए ।