
महोेत्तरी । गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा यहाँका चार प्रतिनिधिसभा क्षेत्रमध्ये दुईको मतपरिणाम घोषणा भएको छ ।
महोत्तरीका १ र २ को सम्पन्न मतगणनाअनुसार दुवै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भएका छन ।
घोषित मतपरिणामअनुसार महोत्तरी–१ क्षेत्रबाट प्रमोदकुमार महतो विजयी भएका छन् छ । महतो ३४ हजार ६३६ मत प्राप्त गरी निर्वाचित भएका हुन।
महतोका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीका गिरीराजमणि पोखरेलले १२ हजार ६२४ मत प्राप्त गरेका थिए ।
त्यसैगरी, महोत्तरी–२ को सम्पन्न मतगणनाअनुसार रास्वपाकै दीपककुमार साह ३२ हजार ७३२ मत प्राप्त गरी निर्वाचित भएका छन ।
उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका शरतसिंह भण्डारीले १० हजार १९८ र नेपाली कांग्रेसका किरण यादवले नौ हजार ७४५ मत प्राप्त गरेका थिए ।








प्रतिक्रिया