सम्पूर्ण अपडेट

तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले विजयी

49
Shares

काठमाडौं । तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले निर्वाचित भएका छन् । वाग्लेले ३८ हजार ४० मत ल्याएर विजयी भएका हुन् । कांग्रेसका गोविन्द भट्टराईले १६ हजार २ सय ३१ मत ल्याएका छन् ।

यसअघि २०८० वैशाखमा भएको उपनिर्वाचनमा पनि वाग्ले तनहुँ–१ बाट भारी मतान्तरसहित विजयी भएका थिए ।

त्यहाँबाट निर्वाचित सांसद रामचन्द्र पौडेल राष्ट्रपति भएपछि उपनिर्वाचन भएको थियो । उपनिर्वाचनमा उनले कांग्रेसका भट्टराईलाई नै १५ हजारभन्दा बढी मतले हराएका थिए ।