सम्पूर्ण अपडेट

इरानका राष्ट्रपतिले छिमेकी मुलुकहरूसँग मागे माफी, आफूमाथि आक्रमण भए मात्र प्रहार गर्ने

2.1k
Shares

एजेन्सी । इरानका राष्ट्रपति मसूद पेजेस्कियानले छिमेकी मुलुकहरूसँग माफी मागेका छन् ।

सरकारी टेलिभिजनद्वारा प्रसारित र समाचार एजेन्सी एएफपीले उल्लेख गरेको भाषणमा पेजेस्कियानले भनेका छन्, ‘इरानद्वारा आक्रमण गरिएका छिमेकी मुलुकहरूसँग म क्षमायाचना गर्दछु ।’

रोयटर्सका अनुसार, उनले इरानको अन्तरिम नेतृत्व परिषद्ले छिमेकी देशहरूबाट इरानमाथि कुनै आक्रमण नभएसम्म ती देशहरूविरुद्ध कुनै पनि हमला वा क्षेप्यास्त्र प्रहार नगर्ने निर्णयलाई अनुमोदन गरेको कुरा समेत बताएका छन् ।

गत शनिबारदेखि सुरु भएको अमेरिका–इजरायली आक्रमणपछि इरानले अमेरिकी सेना रहेका खाडी मुलुकहरूमा श्रृंखलाबद्ध प्रतिशोधात्मक क्षेप्यास्त्र र ड्रोन प्रहार गरेपछि राष्ट्रपतिको यस्तो टिप्पणी आएको हो ।