सम्पूर्ण अपडेट

सप्तरी–३ मा रास्वपाका अमरकान्त चौधरीको अग्रता, उपेन्द्र यादव ४ हजार मत पछि

259
Shares

काठमाडौं । सप्तरीको निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अमरकान्त चौधरीको अग्रता कायम छ ।

उनले १२ हजार ३ सय ८२ मत ल्याउँदा जनता समाजवादी पार्टी, नेपालका उपेन्द्र यादवले ८ हजार ३ सय ६७ मत ल्याएका छन् ।

नेपाली कांग्रेसका दिनेश कुमार यादव ४ हजार ३ सय ६१ मतका साथ तेस्रो स्थानमा छन् ।