सम्पूर्ण अपडेट

मकवानपुरका दुवै क्षेत्रमा रास्वपाको दबदबा, गौतम र उप्रेतीको फराकिलो अग्रता

119
Shares

काठमाडौं । मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले आफ्ना प्रतिस्पर्धीहरूलाई निकै पछाडि पार्दै फराकिलो मतान्तरले अग्रता लिएका छन् ।

निर्वाचन क्षेत्र नं. १ मा रास्वपाका प्रकाश गौतम २२ हजार ४ सय १४ मतका साथ अग्रस्थानमा छन् भने एमालेका रामेश्वर राना ४ हजार ७ सय २७ मतसहित उनलाई पछ्याइरहेका छन् ।

त्यस्तै, निर्वाचन क्षेत्र नं. २ मा रास्वपाकै प्रशान्त उप्रेती १५ हजार ३ सय १४ मतका साथ अगाडि छन् । उनलाई एमालेका महेश बर्तौलाले ८ हजार २ सय ११ मतका साथ पछ्याइरहेका छन् ।

दुवै क्षेत्रमा पुराना दलका उम्मेदवारहरू रास्वपाभन्दा निकै पछाडि देखिएका छन् ।