सम्पूर्ण अपडेट

रेणुले भनिन्– ‘सुनामीको लहडमा पनि विश्वास गरेर मतदान गर्ने मतदाताप्रति ऋणी छु’

119
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट उम्मेदवार बनेकी रेणु दाहालले सुनामीको लहडमा पनि विश्वास गरेर मतदान गर्ने मतदाताप्रति ऋणी रहेको बताएकी छिन् । प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजीत भएपछि दाहालले यस्तो धारणा व्यक्त गरेकी हुन् ।

‘मैले कामद्वारा तपाईंहरुको मन त जिते तर, मत जित्न सकिनँ । मत जित्ने मा. सोविता गौतमलाई धेरैधेरै बधाई भन्न चाहान्छु,’ दाहालले फेसबुक स्टाटसमा लेखेकी छिन्, ‘प्रिय चितवनबासीको मत पक्कै खेर जानेछैन । आगामी दिनमा काम द्वारा जनतामा खुशीयाली र चितवनको थप बिकास र समृद्धी का लागी शुभकामना व्यक्त गर्दछु । यो सुनामीको लहडमा पनि मलाई विश्वास गरेर मतदान गर्नुहुने सम्पुर्ण मतदाताहरु प्रति म ऋणी छु । तपाईहरूको यो गुन मैले कहिल्यै बिर्सने छैन ।’

उनले जनताका सपनाहरु, आवश्यकताहरु, चाहानाहरु पुरा गर्नु नै आफ्नो सपना ठानेको उल्लेख गरेकी छिन् ।

‘झन्डै ३० वर्षे मेरो राजनितिक जिवनकालमा भरतपुरमा मैले मेरो जीवनको उर्जाशील ९ वर्ष यस ठाउँको बिकास, समृध्दि र सुशासनका लागि समर्पित गरें । मलाई लाग्यो बिकासका लागी जनताका पक्षमा राम्रा निति नियम नहुनाले कामहरू असहज भईरहेका छन्,’ उनले लेखेकी छिन्, ‘त्यसका लागि म १५ महिना नगर प्रमुखको कार्यकाल बाँकी छदै बाहिरिएर प्रतिनिधिसभा निर्वाचन चितवन ३ बाट उमेदवारी दिई निर्वाचनमा होमिएं ।’