सम्पूर्ण अपडेट

सुरु भयो गोरखा–१ को मतगणना

350
Shares

काठमाडौं । गोरखा–१ मा मतगणना सुरु भएको छ । मतपेटिका संकलनमा ढिलाइ हुँदा मतदान सम्पन्न भएको दुई दिनपछि मात्रै यस क्षेत्रको मतगणना सुरु भएको हो ।

यस क्षेत्रमा आज मध्यान्ह्र १२ः३० बजेबाट मतगणना थालिएको छ । गोरखा–१ मा एक स्वतन्त्रसहित १२ जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा रहेका छन्।

यहाँ नेकपा एमालेबाट रामचन्द्र लामिछाने, नेपाली कांग्रेसबाट प्रेमकुमार क्षेत्री, नेपाली कम्युनिस्ट पार्टीबाट हरिराज अधिकारी, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०बाट सुधन गुरूङ उम्मेदवार छन् ।