सम्पूर्ण अपडेट

डोटीमा कांग्रेसका भरत खड्का विजयी, एमालेका धामी ७८७ मतले पराजीत

287
Shares

काठमाडौं । डोटीबाट नेपाली कांग्रेसका भरत खड्का निर्वाचित भएका छन् ।

खड्काले १४ हजार ८९७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार दीपक धामीले १४ हजार ११० मत प्राप्त गरे ।

खड्काले धामीलाई ७ सय ८७ मतान्तरले पराजित गरेका हुन्।

यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका नरेन्द्र खड्काले १३ हजार २६० मत प्राप्त गरेका छन् ।