
काठमाडौं । एउटा मात्रै निर्वाचन क्षेत्र रहेको बझाङमा नेकपा एमालेका ऐन महर निर्वाचित भएका छन् ।
महरले कुल १८ हजार ५४३ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रकाश रसाइली स्नेहीले १६ हजार ३०४ मत प्राप्त गरेका छन् ।
महरले रसाइलीलाई २ हजार २३९ मतान्तरले पराजित गरेका हुन् ।
यस क्षेत्रमा नेकपाका मीनबहादुर कुँवरले ९ हजार ७५७ मत प्राप्त गर्दा रास्वपाका शैलेश कुमार सिंहले ९ हजार २६३ मत प्राप्त गरे ।








प्रतिक्रिया