सम्पूर्ण अपडेट

पर्सा–१ मा रास्वपाका पन्त निर्वाचित, पूर्वमन्त्री यादव पराजीत

77
Shares

काठमाडौं । पर्सा–१ बाट पुर्व मन्त्री प्रदीप यादवलाई हराउँदै रास्वपाका उम्मेदवार बुद्धि प्रसाद पन्त (हरि) निर्वाचित भएका छन् ।

रास्वपा उम्मेदवार पन्तले नेकपा एमालेका उम्मेदवार पुर्व मन्त्री यादवलाई १४ हजार भन्दा बढी मतले पछि पार्दै निर्वाचित भएका हुन् ।

पन्तले कुल २७ हजार २ सय ७४ मत प्राप्त गर्दा निकटम प्रतिद्वन्द्वी यादवले भने १३ हजार ३० मत प्राप्त गरे ।

यसैगरी कांग्रेसका अनिल रुंगाटाले ११ हजार ८८५ मत प्राप्त गरेका छन् । पर्साको निर्वाचन क्षेत्र १ मा रहेको ८९ हजार ६ सय ३८ मतदाता रहेकोमा ६१ हजार ३ सय ६ मत खसेको थियो