
तेह्रथुम । प्रतिनिधिसभा सदस्यको निर्वानमा तेह्रथुमबाट नेपाली कांग्रेसका सन्तोष सुब्बा विजयी भएका छन् ।
सुब्बाले ११ हजार ५६१ मत प्राप्त गर्दै विजयी हासिल गर्नुभएको मुख्य निर्वाचन अधिकृत दीलकुमार वर्देवाले जानकारी दिए ।
उनका अनुसार निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले) का भानुभक्त ढकाललाई ८७९ मतान्तरले पछि पार्दै सुब्बा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । एमालेका केन्द्रीय सचिव ढकालले १० हजार ६८२ मत प्राप्त गरेका छन ।
प्रतिनिधिसभाका लागि एकमात्रै निर्वाचन क्षेत्र रहेको तेह्रथुममा राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेन्द्र कार्कीले ७ हजार ७३७ र श्रम संस्कृति पार्टीका सुविन्द्रकुमार लिम्बूले ५ हजार २०० मत प्राप्त गरेका छन् ।
एमालेका सचिब ढकाले अघिल्लो निर्वाचनमा मोरङ क्षेत्र नं ३ मा कांग्रेसका सुनिल शर्मासँग पनि ठूलो मतान्तरले पराजीत भएका थिए । २०७४ मा भने ढकालले सुनिललाई झिनो मतान्तरले हराएका थिए । अघिल्लो निर्वाचनमा मोरङमा ढकाललाई टुरिष्ट उम्मेदवार भनेपछि उनी यसपाली गृहजिल्ला तेह्रथुम पुगेका थिए ।








प्रतिक्रिया