सम्पूर्ण अपडेट

मोरङ–६ मा रास्वपाकी आचार्य निर्वाचित

84
Shares

मोरङ । मोरङ क्षेत्र नं ६ को प्रतिनिधिसभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टीकी रुविना आचार्य निर्वाचित भएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं ६ द्वारा आज बिहान सार्वजनिक गरिएको अन्तिम निर्वाचनको मतपरिणामअनुसार आचार्यले ५५ हजार ५१३ मत प्राप्त गरि निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत चित्रबहादुर गुरुङले जानकारी दिए ।

उनले प्रतिस्पर्धीमा नेपाली कांग्रेसका डा शेखर कोइरालाले १२ हजार ८५० मत प्राप्त गरेका छन् ।

त्यस्तै नेकपा ९एमाले०का विनोदप्रसाद ढकालले आठ हजार ३१७, श्रम संस्कृति पार्टीका मातृका पौडेलले तीन हजार ४०० र राष्ट्रिय प्रजातन्त्र पार्टीका सविन निरौलाले दुई हजार ९० मत प्राप्त गरेका छन् ।

सो निर्वाचन क्षेत्रमा कूल एक लाख ३७ हजार ८३२ मतदाता भएकामा ९१ हजार २९२ मत खसेको थियो ।