सम्पूर्ण अपडेट

बाँके–१ मा रास्वपाका चौधरी निर्वाचित

42
Shares

बाँके । बाँके १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुरेशकुमार चौधरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उनले ३२ हजार ७९२ मत प्राप्त गर्नुभएकोे निर्वाचन अधिकृत शरोजनिधि वाग्लेले जानकारी दिए ।

चौधरीको निकटतम प्रतिष्पर्धिमा नेपाली कांग्रेसका नारायण गौडेलले १५ हजार ३०१ मत प्राप्त गरेका थिए । । यसैगरि नेकपा (एमाले) का सूर्य ढकालले ११ हजार १५ मत प्राप्त गरेको निर्वाचन अधिकृत वाग्लेले बताए ।