
काठमाडौं । मुस्ताङमा नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकालीको जित निश्चित भएको छ । जारी मतगणनाका क्रममा यस क्षेत्रमा थकालीले ३३०७ मतसहित जित पक्का गरेका हुन् ।
यस क्षेत्रमा नेकपा एमालेका उम्मेदवार इन्द्रधारा विष्टले १८०६ मत मात्रै ल्याएका छन् । यहाँ रास्वपाका उम्मेदवार अधितीय चन्द्र थकालीले ७५९ मत ल्याएका छन् ।
राप्रपाका कमला लालचनले १६१ मत ल्याए भने नेकपाका ङुटुक गुरुङले १५१ मत ल्याउँदा । योगेश २०७९ को प्रतिनिधिसभा निर्वाचनमा पनि निर्वाचित भएका थिए ।
जम्मा मतदाता ११ हजार ३२८ मत रहेको मुस्ताङमा ६३८८ मात्रै मत खसेको थियो । यहाँ १०७ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मत गणना सम्पन्न भइसकेको तर मुख्य निर्वाचन अधिकृतको कार्यालयले आधिकारिकता घोषणा गर्न भने बाँकी छ ।








प्रतिक्रिया