सम्पूर्ण अपडेट

दाङ–३ मा रास्वपाका कमल सुवेदीको अग्रता

112
Shares

काठमाडौं । लुम्बिनी प्रदेशको दाङ जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायम राखेको छ ।

१५ सयवटा मतपत्र गन्दा रास्वपाका कमल सुवेदीले ५ सय ३ मत पाएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दीपक गिरीले २८४ मत ल्याएका छन् । नेकपा एमालेका घनश्याम पाण्डे १ सय ३४ मत हासिल गरेका छन् ।