
काठमाडौं । मोरङ–६ मा नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पछाडि परेका छन् ।
यस क्षेत्रमा रास्वपाका रुविना आचार्यले ३४२३ मत ल्याएर अग्रता कायम गर्दा कोइराला पछाडि परेका हुन् ।
प्राप्त मतपरिणामअनुसार कोइरालाले भने ७२८ मत पाएका छन् । एमालेका विनोद ढकालले भने ६२७ मत प्राप्त गरेका छन् ।
सुन्दर हरैचा क्षेत्रको मत गणना हुँदा श्रम संस्कृति पार्टीका मात्रिका पौडेलले ६०४ मत पाएका छन् ।








प्रतिक्रिया