
ललितपुर । ललितपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार उदयशम्शेर जबराले सुरुवाती अग्रता लिएका छन् । प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रारम्भिक मतगणनामा जबराले १ हजार ५५१ मत प्राप्त गर्दै आफ्नो निकटतम प्रतिस्पर्धीभन्दा दोब्बर बढी मतले अग्रता लिएका छन् ।
उनलाई पछ्याइरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बुद्धरत्न महर्जनले ७१० मत पाएका छन् ।
एमालेका उम्मेदवार चेतनाथ सञ्जेलले ५९५ मत प्राप्त गरेका छन् । यस्तै, नेकपाका उम्मेदवार सुनिल महर्जनले १६८ मत ल्याएका छन् ।








प्रतिक्रिया