बालेन चढेको हेलिकप्टर झापामा ल्यान्ड नगरी काठमाडौं फर्कँदै

16.7k
Shares

काठमाडौं । काठमाडौंमा मतदान गरी हेलिकप्टर चढेर झापा उडेका बालेन साह पुनः काठमाडौं फर्किएका छन् । हेलिकप्टर झापामा अवतरण नगरी काठमाडौं फर्किएको छ ।

हेली एभरेस्टको हेलिकप्टर झापामा मौसमका कारण अवतरण नभएको बताइएको छ । हेलिकप्टरमा बालेनसहित ५ जना सवार छन् ।

त्रिभुवन विमानस्थलका प्रवक्ता सन्तुष्ट कुमार बस्नेतले हेलिकप्टर केही बेरमा काठमाडौँमा अवतरण गर्ने जानकारी दिए ।