नयाँ-पुराना होइन, सही र गलत भन्ने भाष्य बनाउनुपर्छः प्रचण्ड

56
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले नयाँ र पुराना भन्ने भाष्य देशको हितमा नभएको बताएका छन् ।

चितवन–३ मा पर्ने भरतपुर–१४ स्थित प्रहरी स्कुलमा मतदानपछि संक्षिप्त प्रतिक्रिया दिंदै उनले नयाँ र पुराना नभएर सही र गलत भन्ने भाष्य बनाउनु पर्नेमा जोड दिए । ‘नयाँ र पुराना भन्ने जो भाष्य बनाइएको छ, यो देशको हितमा छैन’, संयोजक प्रचण्डले भने, ‘नयाँ र पुराना होइन, सही र गलत भन्ने भाष्य बनाउनु पर्‍यो ।’

उनले दलहरूको योजना र कार्यक्रमका आधारमा नयाँ पुरानो भनिनु पर्नेमा पनि जोड दिए । ‘सबैसँग म अपिल गर्छु( यो सवाल नयाँ र पुरानाको हुँदै होइन । सही र गलतको हो’, प्रचण्डले भने, ‘कसको योजना के, कार्यक्रम के भनेर हेर्नुपर्छ । त्यसको आधारमा नयाँ पुरानो भन्ने हुने हो ।’

संयोजक प्रचण्डले राष्ट्र, जनता, लोकतन्त्र र प्रगतिको पक्षमा कुन दल छ भनेर पनि हेर्नुपर्ने उनले बताए । उनले सबैले विवेक प्रयोग गरेर सहीको पक्षमा उभिनु पर्ने पनि बताए ।