बूढानीलकण्ठमा एसके ड्रिम ब्युटी स्टुडियो सञ्चालनमा

161
Shares

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठमा एसके ड्रिम ब्युटी स्टुडियो सञ्चालनमा आएको छ । बूढानीलकण्ठस्थित रुद्रेश्वर चोकस्थित एनआइसी एसिया बैंक रहेको भवनमा शुक्रबारदेखि स्टुडियो सञ्चालनमा आएको हो ।

सौन्दर्यसम्बन्धी सम्पूर्ण सेवा एउटै स्थानबाट उपलब्ध गराउने उद्देश्यसहित स्टुडियो सञ्चालनमा ल्याइएको सञ्चालक विन्दु अधिकारीले जानकारी दिइन । एसके ड्रिम ब्युटी स्टुडियो काठमाडौं उपत्यकाबाहिर सन् २०२१ देखि सञ्चालनमा रहेको भएपनि काठमाडौंमा पनि सेवा शुरु गरेको हो ।

स्टुडियोले दुलही तथा विशेष अवसरका लागि श्रृंगार, पार्टी तथा कार्यक्रम विशेष श्रृंगार, कपाल सजावट र उपचार, अनुहार तथा छाला हेरचाह, म्यानिक्योर र पेडिक्योर, वैक्सिङ तथा अनावश्यक रौँ हटाउने सेवा, आँखीभौँ तथा परेलाको सौन्दर्य वृद्धि, स्पा, हेयर कलरिङ तथा हाइलाइट, साथै विभिन्न प्रिमियम प्याकेज र कम्बो अफरहरू उपलब्ध गराउने बताइएको छ।

स्टुडियोले अनुभवी तथा पेशागत रूपमा तालिमप्राप्त सौन्दर्यकर्मीमार्फत आधुनिक प्रविधि प्रयोग गरी सुरक्षित र गुणस्तरीय सामग्रीका साथ सेवा प्रदान गरिने जनाएको छ। सञ्चालक अधिकारीका अनुसार ग्राहकको चाहना र शैलीअनुसार व्यक्तिगत परामर्श सेवा समेत उपलब्ध गराइनेछ। काठमाडौं उपत्यकाभित्र घरमै सेवा सुविधा उपलब्ध गराउने स्टुडियोले जानकारी दिएको छ।

Skip This