
काठमाडौं । मध्यपूर्वमा शनिबारदेखि बढेको तनावका कारण नौ वटा देशको एयरस्पेस (हवाई उडान) बन्द भएको छ । अन्तर्राष्ट्रिय उडान बन्द हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने कुवेत, कतार, यूएई लगाएयतका देशमा हुने उडान समते हुन सकेको छैन । यी देशमाबाट नेपालमा उडान हुने र नेपालबाट जाने सात वटा वायुसेवाका कम्तिमा २१ वटा उडान प्रभावित भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबा हुने उडान रद्द भएपनि यात्रु आउँदै सोधपुछ गरेर फर्कदै गरिरहेको पनि विमानस्थल कार्यालयले जानकारी दिएको छ ।
अन्तर्राष्ट्रिय उडानका वायुसेवाले उडान गर्न नसक्दा त्रिभुवन विमानस्थबाट हुने ४० वटा अन्तर्राष्ट्रिय उडानको तालिकामा अधिकांश रद्द भएको विमानस्थलका प्रवक्ता सन्तुष्ट कुमार बस्नेतले बताए । हाल कतार, यूएई, कुवेत, इरान, इराक, इजरायल, जोर्डन, लेवनान र बहराइनको एयरस्पेस बन्द भएकोले ती गन्तव्यमा हुने उडान पूर्ण रुपमा प्रभावित भएका छन । नेपालबाट ती मुलुकमा जहाँ उडान हुन्थ्यो ती सबै रोकिएको छ ।
काठमाडौं विमानस्थलबाट हुने कुवेतको जजीरा एयरको एक, कुवेत एयरको दुई, संयुक्त अरव इमिरेट्स (यूएई)को एयर अरेवियाको तीन, फ्लाई दुवाई तीन, नेपाल एयरलाइन्सको तनि, कतार एयरवेजको तीन, हिमालय एयरलाइन्सको ६ वटा उडान प्रभावित भएको छ ।
वायुसेवा निगमको ११ उडानमध्ये ६ वटा मात्रैको तालिका पेश
नेपाल वायुसेवा निगमको दैनिक ११ वटा अन्तर्राष्ट्रिय उडान मध्ये आइतबारको लागि ५ वटा मात्रै उडान तालिका राखिएको छ ।
निगमका अनुसार काठमाडौंबाट भारतकौ मुम्मै, चीनको ग्वाङजाओ, जापानको नारिता र यूएईको दुबईका लागि उडान तालिका तय भएको छ ।
यसमध्ये मध्यपूर्वी क्षेत्रमा बढेको तनावका कारण दुबईको उडान हुन सक्ने वा नक्सने भन्ने विष्यामा यसले स्पष्ट पारेको छैन । यद्यपी निगमले आइतबार राति ११ः१५ बजे हुने उक्त उडानलाई भने तालिकामा राखेको छ।
यात्रुलाई जानकारी लिएर यात्रा गर्न आग्रह











प्रतिक्रिया