
काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ।
शुक्रबार प्रतितोला ५ सय रुपैयाँ घटेको सुन आज एकैदिन प्रतितोला ५ हजार ६ सय रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख २० हजार ५ सय रुपैयाँमा किनबेच भइरहेको छ।
गत शुक्रबार भने सुन प्रतितोला ३ लाख १४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य पनि आइतबार बढेको छ। शुक्रबार प्रतितोला ५ हजार ७ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ९ सय ८५ रुपैयाँमा किनबेच भइरहेको छ। यो अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला २ सय ४५ रुपैयाँले बढी हो।










प्रतिक्रिया