नवलपरासी मेरो घर हो, यहीँ उद्योग खुल्छ,रोजगारी सिर्जना हुन्छ: बिनोद चौधरी

91
Shares

नवलपरासी । नेपाली कांग्रेसका तर्फबाट नवलपरासी क्षेत्र नम्बर १ का उम्मेदवार बिनोद चौधरीले मुलुकमा स्थायी सरकार निर्माणका लागि पार्टी भित्रै बिद्रोह गर्नु निकै चुनतीको अवस्था रहेको बताए ।

बिगत ३० बर्षको अवधिमा ३६ ओटा सरकार बनेपनी अस्थिर सरकारले जनतालाई न्याय दिन नसकेको उनले बताए ।

चुनाव प्रचार प्रसारका क्रममा आज प्रतापपुर र सुस्ता पुगेका चौधरीले कोण सभामा बोल्दै अस्थिर सरकारका कारण नागरिकको निरासा जेन्जी आन्दोलनमा परिणत भएको बताए ।

लाखौ युवा बिदेशीनु पर्दा दिनहुँ जसो तिनका आमाबुबाका आँखामा आँसु हुने गरेको बताउदै उनले नेपालमै लघु उधमको बिकास गरी रोजगारी सिर्जना गर्नु पर्नेमा जोड दिए ।

‘हरेक युवालाई सपना देख्ने अधिकार छ, स्थानीय स्तरमै रोजगारीको अवसर पाउनु पर्ने अधिकार छ, त्यो बाताबरण हामिले बनाउछौ, बदलिएको कांग्रेसले बनाउछ,’ उनले भने ।

देशमा देखिएका बिद्यमान सबै समस्याको हल गर्नका लागि नै कांग्रेसले नेतृत्व बदलेर जनतामाझ आएको उनले बताए ।

पछिल्लो समय आफ्ना बारे समाजमा भ्रम छर्ने र नकारात्मक हल्लाहरु फिजाई बिचलित पार्ने प्रयासहरु भैरहेकाले त्यस्ता भ्रममा नपरी हरेक नागरिक आफूसँग जोडिन सक्ने,प्रश्न गर्न सक्ने बाताबरण आफुले बनाएको चौधरीले बताए । मतदाताहरुलाई नकारात्मक हल्लाको पछाडि नलाग्न समेत उनले आग्रह गरे ।

केराको चिप्स उद्योगको बिषयलाई लिएर राजनीति रुपमा रोटी सेक्न खोजिएको बताउदै उनले निकट भविष्यमै उधोग स्थापना हुने दावी गरे।

‘जुन क्षेत्रलाई मैले आफ्नो घर ठानेको छ र बिदेशमा समेत उद्योग कलकारखाना खोल्ने उधोगिले आफ्नो क्षेत्रमा अवश्य पनि उद्योग खोल्छ, रोजगारी दिन्छ, ढुक्क हुनुस,’ उनले भने ।