
काठमाडौं । सत्यम् एग्रोले गत आर्थिक वर्षमा १ अर्ब १५ करोड ४० लाख रुपैयाँको व्यापार गरेको छ ।
सन् २०२४ मा १ अर्ब २० करोड १० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०२३ मा ९९ करोड २० लाख रुपैयाँ, सन् २०२२ मा ९१ करोड ७० लाख रुपैयाँ र सन् २०२१ मा ४९ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो ।
कम्पनीले गत आवमा १.४७ प्रतिशत खुद नाफा कमाएको छ । सन् २०२४ मा १.१४ प्रतिशत खुद नाफा कमाएको थियो ।
कम्पनीको कुल नगद सञ्चय पनि बढेको छ । सन् २०२४ मा १ करोड ४० लाख रुपैयाँ कुल नगद सञ्चय रहेकोमा अहिले बढेर १ करोड ८० लाख रुपैयाँ पुगेको छ ।
सन् २०१२ मा स्थापना भएको कम्पनीले विभिन्न प्रकारका निर्माण सामग्री जस्तै बिटुमेन, डण्डी, सिमेन्टसँगै कृषिजन्य खाद्य वस्तु दाल, अदुवा, गहुँसहित अन्य वस्तुको कारोबार गर्दै आएको छ ।
कम्पनीले विशेषगरी भारतबाट वस्तु आयात गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ । शिवम् ग्रुपद्वारा सञ्चालित कम्पनीमा पवनकुमार शाहको लगानी छ ।
कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ७७ करोड ३४ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १३ करोड ३० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि १ अर्ब ६४ करोड ४ लाख रुपैयाँको रेटिङ गराएको हो ।








प्रतिक्रिया