खाद्य व्यवस्था तथा व्यापार कम्पनीले एकै वर्ष गर्‍यो साढे २ अर्बको व्यपार

63
Shares

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले एक वर्षमा साढे २ अर्ब रुपैयाँ बढीको कारोबार गरेको छ ।

कम्पनीले गत आवमा २ अर्ब ५३ करोड ५० लाख रुपैयाँको व्यापार गरेको हो ।

सन् २०२४ मा २ अर्ब ४२ करोड रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०२३ मा २ अर्ब ४९ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीले गत आवमा १.५७ प्रतिशत खुद नाफा कमाएको छ । सन् २०२४ मा २.०४ प्रतिशत खुद नाफा कमाएको थियो ।

सन् २०१९ मा नेपाल खाद्य संस्थान र नेशनल ट्रेडिङ लिमिटेड मर्जर भई खाद्य व्यवस्था तथा व्यापार कम्पनी पूर्ण सरकारी संस्थान हो ।

कम्पनीको देशभर ७ वटै प्रदेशमा प्रादेशिक कार्यालय, ५ वटा मुख्य कार्यालय, २६ वटा शाखा कार्यालय र २५ वटा डिपो छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको ९२.१२ प्रतिशत स्वामित्व रहेको कम्पनीमा अर्थ मन्त्रालयको ५.८० प्रतिशत, गृह मन्त्रालयको १.४७ प्रतिशत र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको ०.६१ प्रतिशत स्वामित्व रहेको छ ।

सार्क खाद्य बैंक र नेशनल खाद्य सुरक्षा रिजर्भअनुसार कम्पनीले ३३ हजार मेट्रिक टन खाद्य मौज्दात राख्ने योजना बनाएको छ । कम्पनीले अल्पकालीन कर्जाका लागि २ अर्ब ५० करोड रुपैयाँको रेटिङ गराएको छ ।