भान्साघर र मंगलम चामल बेच्ने कम्पनीले एकै वर्ष गर्‍यो पौने ४ अर्बको व्यापार

77
Shares

काठमाडौं । नेपाली बजारमा भान्साघर र मंगलम ब्रान्डको चामल बेच्ने जय श्री फुड्सले गत आर्थिक वर्षमा ३ अर्ब ८९ करोड ७० लाख रुपैयाँको व्यापार गरेको छ ।

सन् २०२४ मा ३ अर्ब ९६ करोड ७० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०२३ मा ३ अर्ब ५८ करोड ८० लाख रुपैयाँको कारोबार गरेको थियो ।

कम्पनीले गत आवमा ६.७२ प्रतिशत नाफा कमाएको छ । सन् २०२४ मा ५.८२ प्रतिशत नाफा कमाएको थियो । कम्पनीको कुल नगद सञ्चय १६ करोड ६० लाख रुपैयाँ रहेको छ । सन् २०२४ मा १२ करोड ५० लाख रुपैयाँ थियो ।

कम्पनीको व्यापार सन् २०२४ को तुलनामा गत आवमा केही मात्राले घटेको छ । सन् २००९ मा स्थापना भएको कम्पनीले चामल, चिउरा र सोया नगेट्स उत्पादन गरी बजारमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले लङ ग्रेन चामल, जीरा चामल र साव चामल उत्पादन गरी भान्साघर र मंगलम ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीले उत्पादन गर्ने खाद्यान्न वस्तु १ केजीदेखि ३० केजीसम्मको प्याकेजिङमा बिक्री वितरण गर्दै आएको छ ।

पवनकुमार अग्रवाल प्रबन्ध निर्देशक रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १५ करोड ७० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ८४ करोड ३० लाख रुपैयाँको रेटिङ गराएको हो ।