आज सुन चाँदीको मूल्य घट्यो, कति पुग्यो ?

392
Shares

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा केही गिरावट आएको छ । बिहीबारको तुलनामा दुवै धातुको मूल्य केही घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य २ लाख ९१ हजार रुपैयाँ तोकिएको छ ।

बिहीबार सुनको मूल्य २ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

आज एक तोला चाँदीको मूल्य ४ हजार ७१० कायम भएको छ ।

यसअघि बिहीबार चाँदीको मूल्य चार हजार ९८० कायम भएको थियो । गत बुधबार एक तोला छापावाल सुनको मूल्य ३ लाख चार हजार ७०० र त्यति नै परिमाणको चाँदीको मूल्य ५ हजार ६०० कायम भएको थियो ।

गत मंगलबार एक तोला छापावाल सुनको मूल्य दुई लाख ९० हजार ३०० र त्यति नै परिमाणको चाँदीको मोल पाँच हजार ३३५ कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ८२८ र त्यति नै परिमाणको सेतो धातु ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Skip This