सुनको मूल्य तोलामा ९ हजार ५ सयले घट्यो, कति पुग्यो ?


काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । बुधबारको तुलनामा आज सुन तोलामा ९ हजार ५ सय रुपैयाँले घटेको हो । यस्तै आज चाँदीको मूल्य ६ सय २० रुपैँयाले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य २ लाख ९५ हजार २०० रुपैयाँ तोकिएको छ ।

चाँदीको मूल्य प्रति तोला ४ हजार ९८० कायम भएको छ ।

बुधबार एक तोला सुनको मूल्य ३ लाख ४ हजार ७०० र त्यति नै परिमाणको चाँदीको मूल्य ५ हजार ६०० कायम भएको थियो । गत मङ्गलबार एक तोला छापावाल सुनको मूल्य २ लाख ९० हजार ३०० र त्यति नै परिमाणको चाँदीको मोल ५ हजार ३३५ कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ७८ र त्यति नै परिमाणको सेतो धातु ९० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Skip This