
काठमाडौं । चितवन जिल्लाको भरतपुरमा रहेको होटल सिराइचुलीको व्यापार २ करोड रुपैयाँले घटेको छ ।
होटलको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा २ करोड रुपैयाँले घटेको हो ।
होटलले सन् २०२४ मा १४ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०२५ मा १२ करोड ६० लाख रुपैयाँको व्यापार गरेको छ । होटलले सन् २०२३ मा १२ करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो ।
सन् २०१७ मा स्थापना भएको कम्पनी सन् २०२४ मा पब्लिक कम्पनीमा परिणत भएको थियो ।
कम्पनीले ७१ वटा कोठाको सुविधासहित चार तारे होटल सञ्चालन गर्दै आएको छ । होटलले गत आर्थिक वर्षमा गरेको व्यापारमध्ये ६१ प्रतिशत आम्दानी फुड एन्ड बेभरेजबाट भएको जनाएको छ । त्यस्तै, होटलले ३७ प्रतिशत आम्दानी कोठाबाट गरेको छ ।
गत आवमा होटलको अकुपेन्सी लेभल ४५ प्रतिशतमा सञ्चालन भएको थियो । होटलको अध्यक्ष चुडामणि खनाल हुन् । उनी युनाइटेड टेक्निकल कलेज, एनपीआई सामुदायिक हेल्थ इन्सिट्यूटका पनि अध्यक्ष हुन् । साथै, उनी सोल्टी वेटेन्ड रिसोर्टको निर्देशक पनि हुन् ।










प्रतिक्रिया