
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटमा सुनुवाइ सकिएको छ ।
विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई आयोगले आधिकारिकता दिएपछि देउवा पक्ष अदालत पुगेको हो ।
न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासमा मंगलबार भएको बहसमा निवेदकका तर्फबाट पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती, रमेश बडाल र कामना खाती लगायतले बहस गरेका थिए ।
बहसका क्रममा अधिवक्ता खातीले निर्वाचन आयोगले एकपक्षीय ढङ्गले गगन थापा नेतृत्वको समितिलाई मान्यता दिएको दाबी गरे । पूर्ववत् समितिले गरेको कारबाहीको अभिलेख आयोगसँग हुँदाहुँदै अर्को पक्षको कुरा नसुनी निर्णय गरिएको उनले तर्क गरे।
देउवा पक्षले विशेष महाधिवेशनलाई ‘अवैधानिक’ ठहर गर्दै सो समिति खारेज गर्न र माघ ६ गते भएको चुनावी मनोनयन दर्ता प्रक्रिया रोक्न माग गरेको छ ।
फागुन २१ को निर्वाचनका लागि अझै समय बाँकी रहेकाले हालको मनोनयनलाई यथास्थितिमा राख्दा संगठनलाई असर नपर्ने जिकिर उनीहरूको छ। बहस सकिएकाले सर्वोच्चले आजै आदेश जारी गर्ने तयारी गरेको छ ।








प्रतिक्रिया