झापामा रास्वपा र एमाले कार्यकर्ताबीच झडप (भिडियो)


झापा । झापाको दमकमा राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ ।

रास्वपा कार्यकर्ताले एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेपछि झडप भएको जनाइएको छ ।

झापा-५ मा बालेन शाहले रास्वपाबाट उम्मेदवारी दिएका छन् भने ओलीले उम्मेदवारी दर्ताको तयारी गरेका छन् ।

उम्मेदवारी दिन बालेन निर्वाचन अधिकृतको कार्यालयमा पुगेको समयमा कार्यकर्ताले ओलीविरुद्ध नाराबाजी गरेका थिए ।