गगन-विश्व विरुद्ध शेरबहादुर देउवाको रिट सुनिलकुमार पोखरेलको इजलासमा


काठमाडौं । नेपाली कांग्रेसका नेता शेरबहादुर देउवासमेतका दुई जनाले गगन थापा र विश्वप्रकाश शर्मा विरुद्ध हालेको रिट सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलामा परेको छ ।

नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित भएका सभापति गगनकुमार थापा र उनको सम्पूर्ण केन्द्रीय समितिविरुद्ध देउवाले आइतबार सर्वोच्च अदालतमा रिट निवेदन दिएका छन । उनको रिटमा आज प्रारम्भिक सुनुवाई हुने भएको छ ।

गगन थापा–विश्वप्रकाश शर्मा पक्षले विशेष महाधिवेश गरेर नयाँ नेतृत्व चयन गरेका थिए । निर्वाचन आयोगले शुक्रबार गगन थापा विशेष महाधिवेशबाट सभापति भएको भन्दै थापालाई आधिकारिकता दिएपछि यस विरुद्ध विशेष महाधिवेश नै अवैधानिक भन्दै देउवा पक्ष निर्वाचन आयोग पुगेको थियो ।