आशिका तामाङलाई रास्वपाले दियो टिकट, धादिङबाट उठ्ने


काठमाडौं । सामाजिक अभियान्ता आशिका तामाङ आगामी फागुन २१ गते हुने चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बन्ने भएकी छन्।

रास्वपाले धादिङ क्षेत्र नम्बर १ मा आशिका तामाङलाई टिकट दिएको हो।

सोमबार तामाङलाई रास्वपा पार्टी कार्यालयमा गणेश पराजुलीले टिकट दिएका हुन् । यसअघि उनले काठमाडौंको क्षेत्र नम्बर ९ वा २ बाट स्वतन्त्र उम्मेदवारी दिने बताएकी थिइन् ।