
काठमाडौं । भक्तपुरको मध्यपुर थिमी ३ तेर्सेटामा एकजना युवाले आफ्नै आमाको हत्या गरेका छन् ।
२७ वर्षीय प्रविण भण्डारीले आफ्नै ५० वर्षीया आमा सरिता भण्डारीको हत्या गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक प्रकाश जबेगुले जानकारी दिए ।
धनुषाको मिथिला नगरपालिका-११ घर भएका उनीहरु तेर्सेटारमामा डेरामा बस्दै आएका थिए ।
शुक्रबार राति प्रविणले आमालाई धारिलो हतियार प्रहार गरेका थिए । छोराको आक्रमणबाट गम्भी घाइते भएकी सरिताको उपचारका क्रममा भक्तपुर इन्टरनेशनल अस्पतालमा मृत्यु भएको डीएसपी जबेगुले बताए ।
आमाको हत्या गरेका भण्डारीले पनि आफ्नै टाकोमा धारिलो हतियारले हानेका थिए । उनी पनि घाइते भएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया