चाबहिलमा रहेको ओम अस्पतालले एकै वर्ष गर्यो ८८ करोड रुपैयाँको व्यापार


काठमाडौं । काठमाडौंको चाबहिलमा रहेको ओम हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिले एकै वर्ष ८८ करोड रुपैयाँको व्यापार गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा ८८ करोड रुपैयाँको व्यापार गरेको हो ।

हस्पिटलले सन् २०२४ मा ८२ करोड ९० लाख रुपैयाँ, सन् २०२३ मा ७२ करोड ४० लाख रुपैयाँ र सन् २०२२ मा ७० करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो ।

हस्पिटलका अनुसार पछिल्ला ५ वर्षमा निरन्तर आम्दानी १६ प्रतिशतले बढेको जनाएको छ । जसमा हस्पिटलले गत आवमा ५.५९ प्रतिशत खुद नाफा कमाएको छ । सन् २०२४ मा २.०८ प्रतिशत मात्रै खुद नाफा कमाएको थियो । त्यस्तै, हस्पिटलको कुल सञ्चय नगद ११ करोड ४० लाख रुपैयाँ रहेको छ ।

सन् १९९५ मा स्थापना भएको हस्पिटलले १ सय ७५ वटा शैय्याबाट विभिन्न सेवा दिँदै आएको छ । हस्पिटलले क्लिनिकल, सर्जिकल र डाइग्नोस्टिक सेवा दिँदै आएको छ । साथै हस्पिटलले इमर्जेन्सी, आइसीयू र क्रिटीकल केयर सुविधा र अन्य सेवा दिँदै आएको छ ।

हस्पिटलले त्यति मात्रै नभएर आइभीएफ, डाइलेसिस, अन्कोलोजी, इमेजिङ एन्ड लेबोरेटरी सेवा, फिजियोथेरापी, वेल्नेस र प्रिभेन्टिभ क्लिनिकको पनि सेवा दिँदै आएको छ ।

भोलाप्रसाद रिजालको ५.८५ प्रतिशत स्वामित्व रहेको हस्पिटलमा विजय मल्लको ५.०९ प्रतिशत स्वामित्व रहेको छ । हस्पिटलले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ५८ करोड ८५ लाख रुपैयाँको रेटिङ गराएको छ ।

हस्पिटलले दीर्घकालीन कर्जाका लागि ४२ करोड ८५ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि १६ करोड रुपैयाँको रेटिङ गराएको हो ।