आफूलाई दुराचारीको संरक्षक भनेपछि रिसाए ट्रम्प, उठाए माझी औैंला (भिडियो)


एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले मंगलबार फोर्ड कम्पनीको कारखाना भ्रमण गर्दा एकजनासँग भनाभन गरेका छन् ।

उक्त भनाभन क्यामेरामा कैद भएको थियो । त्यहाँ राष्ट्रपतिले उक्त व्यक्तिलाई माझी औंला देखाउनुका साथै उत्तेजित संवादका बीच गालीगलौज गरिरहेको देखिएको थियो ।

यो भिडियो टीएमजेडले सेयर गरेको थियो । त्यो चाँडै भाइरल भयो ।

भिडियोमा एक व्यक्तिले बोलेको सुनिरहेको देख्न सकिन्छ । त्यसपछि ट्रम्पले ती व्यक्तिलाई मुखाकृतिबाट ‘फक यू’ भनेको जस्तो देखिन्छ । त्यसपछि उनी हिँड्न थाल्छन् र त्यस व्यक्तिलाई माझी औंला देखाएको जस्तो देखिन्छ । त्यसपछि उनी बाँकी भीडतर्फ हात हल्लाउँदै अघि बढ्छन् ।

टीएमजेडले रिपोर्ट गरेअनुसार, ती कामदारले ट्रम्पलाई पेडोफाइल प्रोटेक्टर (बाल यौन दुराचारीको संरक्षक) भनेर कराएको जस्तो देखिन्थ्यो । ती कामदारले सम्भवतः दिवंगत घोषित बाल यौन अपराधी जेफ्री एप्स्टिनलाई संकेत गरिरहेका थिए ।

एप्स्टिइनका फाइलहरू ट्रम्प प्रशासनले जारी गरेको भए पनि त्यसका धेरै अंशहरू हटाइएका थिए ।

प्रशासनको तर्फबाट भएको ढिलाइ र फाइलका अंशहरू हटाइनुले मानिसहरूमा आक्रोश पैदा गरेको छ । त्यसको परिणामस्वरूप क्यामेरामा कैद भएजस्तै भनाभनका घटनाहरू भइरहेका छन् ।

यो क्लिप अनलाइनमा भाइरल भएपछि धेरै मानिसले ट्रम्पको कार्यप्रति प्रतिक्रिया दिए । ‘हाम्रा राष्ट्रपतिले कसैलाई पनि आफू वा अमेरिकासँग जिस्कन दिनुहुन्न !’ एक व्यक्तिले टिप्पणी गरे । अर्काले टिप्पणी गरे, ‘हामी यो मान्छेको योग्य छैनौं ।’