बन्द सत्रमा गगन थापाले पेश गरेको प्रस्तावमा के छ ? (पूर्णपाठ)


काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत जारी बन्द सत्रमा महामन्त्री गगनकुमार थापाले समसामयिक राजनीतिक प्रस्ताव पेश गरेका छन् ।

काठमाडौंको भृकुटीमण्डपमा जारी बन्द सत्रमा केहीबेरअघि अर्का महामन्त्री विश्वप्रकाश शर्माले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यसपछि थापाले पार्टीको वर्तमान राजनीतिक अवस्था, चुनौती र आगामी कार्यदिशालाई समेट्दै राजनीतिक प्रस्ताव पेश गरेका हुन् ।

महामन्त्रीद्वयले विशेष परिस्थितिका कारण विशेष महाधिवेशन आवश्यक परेको तर्क प्रस्तुत गरेका छन् । उनीहरूले पार्टीलाई समयानुकूल रूपान्तरण गर्न स्पष्ट राजनीतिक दिशा तय गर्नुपर्नेमा जोड दिएका छन् ।

यसैबीच, संस्थापन पक्षीय नेताहरू विशेष महाधिवेशन रोक्ने प्रयासमा देखिएका छन् भने मध्यमार्गी नेताहरूले सहमतिको खोजी गर्दै हिजोदेखि नै तीव्र छलफल गरिरहेका छन् ।

नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्द सत्र भृकुटीमण्डपमा जारी छ ।

यस्तो छ गगन थापाले पेस गरेको राजनीतिक प्रतिवेदन