पार्टीको नेतृत्वमा युवालाई ल्याउनु पर्छ: गोपालमान


काठमाडौं । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले विधि र विधानअनुसार विशेष महाधिवेशन भएको बताएका छन्।

विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले महाधिवेशनले गरेका निर्णयहरू कार्यान्वयन गर्न पार्टी नेतृत्वले ढिलाइ गर्न नहुने बताए।

उनले आफू कुनै पदको आकांक्षामा नउभिएको स्पष्ट उनले ७० वर्ष पार्टीका लागि रगत र पसिना बगाएको स्मरण गरे । श्रेष्ठले गुट–उपगुटको कुरा नगरेर पार्टीभन्दा माथि उठेर एकजुट हुन आवश्यक रहेको बताए ।

पार्टी नेतृत्वप्रति संकेत गर्दै श्रेष्ठले इतिहासको मात्र सहारामा भविष्य निर्माण हुन नसक्ने टिप्पणी गरे । उनले समयअनुसार पार्टीलाई रूपान्तरण गर्दै युवा पुस्तालाई नेतृत्वमा अघि बढाउनुपर्नेमा जोड दिए।