संस्थापन पक्षमा रहँदै आएका विनोद चौधरी पनि पुगे भृकुटीमण्डप


काठमाडौं । कांग्रेस नेतासमेत रहेका पूर्वसांस एवं अर्बपति व्यवसायी विनोद चौधरी पनि विशेष महाधिवेशनमा पुगेका छन् ।

आइतबार काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको कांग्रेसको विशेष महाधिवेशनमा चौधरी सहभागी भएका हुन् ।

कांग्रेसको संस्थापन पक्षमा रहँदै आएका चौधरी र चीनकाजी श्रेष्ठ विशेष महाधिवेशनको कार्यक्रममा ड्यासमा बसेका छन् ।

पार्टी सभापति शेरबहादुर देउवा पक्ष सहभागी नभएको विशेष महाधिवेशन भोलिसम्म चल्ने छ ।