भृकुटीमण्डपमा कांग्रेसको विशेष महाधिवेशन #LIVE


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन सुरु भएको छ ।

कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहको आयोजनामा हुन लागेको दुईदिने महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा र कार्यवहाक सभापति पूर्णबहादुर खड्का लगायतलाई बोलाइएको भए पनि उनीहरु उपस्थित भएका छैनन् ।

कांग्रेसमा देशभर चार हजार ७४३ महाधिवेशन प्रतिनिधि रहेका छन् ।

विशेष महाधिवेशनको उद्घाटन सुरु हुनुअघि सहभागीले काठमाडौँका विभिन्न छ स्थानबाट जुलुस निकालेको थियो । विशेष महाधिवेशनको उद्घाटनसत्रपछि भृकुटीमण्डपको सभाहलमा बन्दसत्र सञ्चालन हुनेछ।

बन्दसत्रबाट नयाँ नेतृत्व चयन हुन्छ कि हुँदैन भन्ने निकै चासोका साथ हेरिएको छ ।